एजेन्सी l अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ। कम्तीमा अरु १० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिवार राति १० बजेर २० मिनेटमा गोली प्रहार भएको बीबीसीले जनाएको छ।
लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ। लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो।
राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको प्रहरीले जनाएको छ। एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
गोली चलाउने व्यक्ति तथा गोली चलाउनुको कारण नयाँ वर्षको उत्सवसँग सम्बन्धित रहेको नदेखिएको पनि प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
