मंगलबार वर्षाको सम्भावना

काठमाडौँ । आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए।

‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो। अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि पश्चिमतिरबाट पानी पर्ने प्रणाली प्रवेश गर्ने देखिन्छ। यसरी प्रवेश गरेको मौसमी प्रणाली २÷३ दिनसम्म रहन सक्छ।’

Advertisement

मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ। तर, भारी वर्षा हिमपात भने नहुने अनुमान गरिएको छ। यसरी वर्षा र हिमपात भएमा कृषकलाई फाइदा हुने बताएको छ।

More News last news
Loading...