पोखरा इन्जिनियरीङ्ग कलेजको स्वतन्त्र विधार्थी परिषद्‍मा नेविसंघको प्यानल नै विजयी

पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विधार्थी परिषद्को निर्वाचनमा विजयको सुरुवात गरेको छ। पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघको प्यानलै विजयी विजयी भएको हो।

माघ ६ गते शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा विराट सिग्देल, सचिवमा मीलन डुम्रे र कोषाध्यक्षमा कृति वाग्ले विजयी भए । सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की र भूमिका छुमी निर्वाचित भएका छन् । समानुपातिक तर्फ सदस्यमा आशिश पाण्डे, सुजन पोखरेल, गाैरव गिरी र सस्मिता पाैडेल विजयी भए ।”

Advertisement

झण्डै २४ वर्षपछि पोखरा कलेज स्ववियु परिषद्को निर्वाचनमा नेविसंघ विजयी भएको र यसले अगामी चैत्र ५ गते हुँदै गरेको स्वतन्त्र विधार्थी युनियनमा नेविसंघले विजयीप्राप्त गर्ने सुरुवात गरेको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए।

More News last news
Loading...