कवि तथा समालोचक बैकुण्ठ बैभव वैदेशिक रोजगार व्यवसायी संघको सदस्यमा निर्वाचित

काठमाडौँ । युवा कवि तथा समालोचक बैकुण्ठ बैभवका रुपमा परिचित बैकुण्ठ प्रसाद पौडेल वैदेशिक रोजगार ब्यबसायी संघको सदस्यमा निर्वाचित भएका छन् । संघको अध्यक्षमा निर्वाचित राजेन्द्र भण्डारी प्यानलबाटै पौडेल पनि सदस्यका उमेद्वार थिए ।

महासचिव र सचिव बाहेक सबै पदाधिकारीमा भण्डारी समूहका उमेद्वार निर्वाचित भएका हुन् । प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भएका छन्।

Advertisement

यस्तै, सदस्यहरुमा पौडेलसँगै राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित भएका छन् । न्यु अल्फा एच.आर. सर्भिसेस प्रा. लि. का संचालक समेत रहेका पौडेल १० वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा आबद्द छन्।

संघको सदस्यमा निर्वाचित भएलगत्तै पौडेलले भनेका छन्, “निर्वाचन मेरा लागि एउटा गौरबमय पल रह्यो। हतारमा गरिएको उमेद्वारी घोषणा भए पनि अग्रज, साथी-भाई साथै सहयोगीको अथक प्रयास, मार्ग निर्देशन,सल्लाह सुझाव अनुशरणले बिजयी हुन सम्भव भयो । बल बुताले भ्याएसम्म ब्यबसायीको पक्षमा काम गरेर हजुरहरुको गुण तिर्नेछु । विजय यात्राका लागि हजुरहरुबाट पाएको अपार माया, सहयोग तथा भोटका लागि हृदयत नमन साथै साधुवाद।”

More News last news
Loading...