फेरि उकालो लाग्यो सुन, कति पुग्यो आज ?

काठमाडौं । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ । बुधबार घटेको सुन हिजो बिहीबार भने स्थिर रहेको थियो । बिहीबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज बढेको छ । आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यता, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार पनि चाँदीको मूल्य सोही रहेको थियो ।

More News last news
Loading...