आजबाट घट्यो दक्षिण कोरियाको प्लेन भाडा, अब कतिमा जान पाइन्छ ?

रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटेको छ। भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो। हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताए ।

Advertisement

श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा कोरियन एअरलाईन्सको प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको टिकट बुकिङमा कम मूल्य तिरे पुग्ने भएको हो। ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जाने श्रमिक अब पहिलेभन्दा ३ सय २० डलर सस्तो भाडादरमा जान पाउनेछन्।

More News last news
Loading...