आज घट्यो सुन, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...