झन् आकाशियो सुनको भाउ, आज (सोमबार) तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। हिजो तोलाको १ हजार एक सय रुपैयाँले बढेको सुनको भाउ आज (सोमबार) पनि तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन तोलाको एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...