काठमाडौँ । सुनको भाउ लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।
आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ। भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उनका अनुसार सुनको भाउ बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ।
महासंघका अनुसार, सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा भाउ बढेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय तथा तेजावी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
