आजपनि घट्यो सुन, कतिमा झर्यो तोलाको

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

More News last news
Loading...