प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप : गगन-विश्वले गरे यस्तो निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्नुभएको हो।

सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्नका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गर्नुभएको छ। हस्ताक्षर गर्नेको सूचीमा पहिलो अर्जुननरसिंह केसी, दोस्रो रामहरि खतिवडा, तेस्रो दीपक गिरी, चौथो विश्वप्रकाश शर्मा र पाँचौ गगन थापा छन्।

Advertisement

कार्यसम्पादन समितिमा महामन्त्रीहरू र अरु केही नेताले असहमति जनाएका थिए । ह्वीपमा भने सबैले सहमति जनाएका छन्।

More News last news
Loading...