काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा खगराज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
