बढेको बढ्यै सुनको भाउ, आज कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । हिजोको तुलनामा आज सोमबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४ सय रुपैयाँ रहेको छ।

Advertisement

यसैगरी, आज चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...