घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?

निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिव मधु मरासीनी र निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

Advertisement

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि सचिव मरासीनी उपत्यका बाहिर भएकाले आजदेखि कार्यान्वयनमा आएको हो ।

More News last news
Loading...