१० लाख ८० हजार कित्ता आईपीओ जारी गर्दै कालिञ्चोक दर्शन

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आईपीओ माघ ३ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८०लख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Advertisement

यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

यस आइपिओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा सबै सेयर बिक्री नभएको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने छन्। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

More News last news
Loading...