काठमाडौं l बेलायतमा सिजनल भिषाको मिति परिवर्तन सम्बन्धी झुटा सुचना फैलाइएको भन्दै बेलायतस्थित नेपाली दुतावासले त्यसको खण्डन गरेको छ । बेलायतस्थित नेपाली दुतावासको लेटर हेड, छाप र दस्तखतको अनधिकृत प्रयोग गरि पुस १८ गतेको मितिमा जारी सुचना झुटा भएको जनाएको छ।
सन् २०२२ का लागि अन्तवार्ताको मिति परिवर्तन भएको भनी दुतावासको लेटर हेड, छाप र दस्तखतको अनधिकृत प्रयोग गरी सामाजिक सञ्जालमा झुटा प्रचार गरिएको लण्डन स्थित दुतावासले स्पष्ट पारेको हो।
दूतावासले झुटो सूचनाका आधारमा भिषा आवेदन नगर्न समेत आवेदनकर्तालाई अनुरोध गरेको छ । सामाजिक सञ्जालको प्रचारका कारण आवेदनकर्ताहरु भ्रममा परेको भन्दै परराष्ट्र मन्त्रालयले यस्ता अनग्रल प्रचार सेयर नगर्न समेत अनुरोध गरेको छ । बेलायतमा विभिन्न कामका सिलसिलामा ६ महिनाका निम्ति नेपाली कामदार सिजनल भिषामा जाने गरेका छन्।

कति हो लागत खर्च ?
यूके सरकारको वेबसाइटमा उल्लेख गरिए अनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ तिर्नु पर्छ। त्यसबाहेक कामदारले यात्रा खर्च आफै बेहोर्नु पर्छ। हाल नेपालदेखि यूकेसम्मको हवाई भाडा दर करिब एक लाख ४० हजारको हाराहारी रहेको छ।
श्रम स्वीकृति लिनुअघि गर्नु पर्ने चिकित्सा परीक्षणको शुल्क समेत मिलाउँदा कुल खर्च करिब दुई लाख हुने देखिन्छ। व्यक्तिगत रूपमा भिसा आवेदन दिएर जान मिल्ने भए पनि कम्पनीहरूमार्फत जाने भएकाले आवश्यकभन्दा छ गुणा बढीसम्म रकम तिरेको कामदारहरूले बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
