एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आफ्नो आगामी फिल्म ‘शकुन्तलम’ को डबिङमा व्यस्त छिन् । उनको फिल्म १७ फेब्रुअरीमा रिलिजको तयारीमा छ। यसैबीच, जनवरी ५ मा सामन्थाले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनी ‘शकुन्तलम’ को लागि डबिङ गरिरहेकी छिन्।
‘यशोदा’ फिल्म रिलिज भएपछि सामन्थाको यो पहिलो फिल्म हो । स्वास्थ्य अवस्थामा देखिएको समस्याको कारण उनी फिल्मबाट ब्रेक लिने तयारीमा रहेको भन्दै गर्दा उनले फिल्ममा डबिङको काम भइरहेको तस्बिर सार्वजनिक गरेकी हुन्।
उनलाई मायोसाइटिस नामको रोग लागेको छ, अहिले उनी सो रोगको उपचारमा लागेकी छन्। सामन्थाले ‘शकुन्तलम’ को तस्बिरसँगै पोस्टमा लेखेकी छिन्– ‘संसारमा यो पागलपन, दुःख र हानिको उपचार कला हो । त्यसैले म फेरी काममा फर्किसकेको छु।’
‘शकुन्तलम’ एक रोमान्टिक ड्रामा फिल्म हो, जसको लेखन तथा निर्देशन गुणाशेखरले गरेका हुन्। फिल्म प्रसिद्ध कवि तथा नाटककार कालिदासको नाटक ‘शकुन्तला’ मा आधारित छ। सामन्थाका अलावा दक्षिण भारतीय कलाकार देव मोहन, गौतमी, अदिति बालन र अनन्या नगल्ला पनि सहायक भूमिकामा देखिनेछन्।
सामन्थाको स्वास्थ्य बिग्रँदै गएका कारण फिल्मबाट ब्रेक लिने खबर धेरै दिनदेखि आइरहेको थियो । यसैबीच, मायोसाइटिसका कारण उनले वरुण धवन अभिनित ‘सिटाडेल’ वेब सिरिजबाट पनि पछि हटेको खबर आएको थियो । तर, अब सामन्थासँग सम्बन्धित स्रोतले फिल्मबाट पछि हटेको खबर झुटो भएको खुलासा गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
