काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ।
१७ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यममार्फत एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको औपचारिक रुपमा उद्घाटन गरेको छ।
सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले बैंकलाई साथ दिने सेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी एवं शुभचिन्तकहरुलाई धन्यबाद दिए । अध्यक्ष ढकालले गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको जानारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
