बंगाली गायिका सुमित्रा सेनको निधन

एजेन्सी । प्रसिद्ध बंगाली गायिका सुमित्रा सेनको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार कोलकातास्थित आफ्नै घरमा निधन भएको हो । सुमित्रा निमोनियाबाट पीडित थिइन्।

उनलाई गत डिसेम्बर २९ मा अस्पताल भर्ना गरिएको थियो । तीन दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएर उनका दुई छोरीले उनलाई घरमा ल्याएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र मंगलबार बिहान उनको निधन भएको हो।

Advertisement

सुमित्राको निधनमा बंगालकी मुख्यमन्त्री ममता बनर्जीले शोक व्यक्त गरेकी छन्। सुमित्राले आफ्नो करियरमा ‘मेघ बोल्छे जब जब’, ‘तिमरी झर्न निरञ्जन’, ‘सखी भावना कहारे बोले’, ‘अच्छे देख्छे मृत्यु’ जस्ता धेरै हिट गीत गाएकी छिन्।

More News last news
Loading...