आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...