फेरि बढेर आयो इन्धनको मूल्य, नेपालमा कति ?

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि निगमलाई आइतबार बढाएर नयाँ मूल्यसूची पठाएको जनाएको छ ।

निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतका अनुसार यस पटक पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढेको छ ।

Advertisement

उनका अनुसार आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।

नगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब र सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको छ । अब मूल्य बढेसँगै नेपालमा पनि बढ्न सक्ने देखिएकाे छ ।

More News last news
Loading...