यी शहरमा भोलिदेखि टेलिकमको ‘5 जी’ सुरु, यसरी गर्नुहोस् सक्रिय

काठमाडौँ । नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्ष अर्थात भोलि (जनवरी १) देखि ग्राहकका लागि ‘फाइभ जी’ सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधाले इन्टरनेट र अरु सम्पर्क सहज र छरितो हुने जनाइएको छ । तत्कालका लागि परीक्षणका रुपमा उक्त सुविधा उपलब्ध हुनेछ ।

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो ।

Advertisement

सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ ।

उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको थियो । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम सकेसँगै टेलिकमले सर्वसाधारणका लागि यो खुला गरेको हो। परिक्षण कालका लागि यो सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

More News last news
Loading...