तीन वर्षपछि रसुवागढी नाकाबाट निर्यात सुरु

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात सुरु भएको छ । कोभिड १९ को संक्रमण हुनुभन्दा अघिदेखि नै निर्यात ठप्प रहेकोमा तीन बर्ष पछि निर्यात सुरु भएको हो ।

हिजो छ वटा नेपाली कन्टेनरमा राखिएका नेपाली बस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीतीनवटा चीनीयाँ गाडीमा राखेर पठाईएको छ।

Advertisement

बिगत तीन बर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा मंगलबारदेखि निर्यात समेत सुरु भएको हो ।

यसअघि नेपाली समाग्रीमध्ये खाद्य बस्तुहरुमा नेपाली भाषामा र केहि समाग्रीहमा अंग्रेजी भाषामा मात्र लेबललिङ गरिएको भन्दै चीनीयाँ पक्षले समाग्री लैजान रोक लगाएको थियो ।

चीनबाट इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारित बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो ।

More News last news
Loading...