स्कर्पियो एनमा थपियो ५ नयाँ भेरियन्ट, ३० पुग्यो कुल भेरियन्ट

महिन्द्राको सर्बाधिक लोकप्रिय एसयुभी स्कर्पियो एनमा ५ नयाँ भेरियन्ट थप भएको छ । यसअघि २५ भेरियन्टमा उपलब्ध यो एसयूभी अव कुल ३० भेरियन्टमा उपलब्ध हुनेछ । थप भएको नयाँ भेरियन्टको मूल्य १२ लाख ४९ हजारदेखी १६ लाख ९४ हजार भारुसम्म निर्धारण गरिएको छ । नयाँ भेरियन्टसंगै कम्पनीले यसमा केही नयाँ फिचर समेत थप गरेको छ ।

थप भएको नयाँ भेरियन्टमा जेड२ पेट्रोल(ई), जेड२ डिजेल (ई), जेड४ पेट्रोल (ई), जेड४ डिजेल(ई) र जेड४ डिजेल(ई) अल ह्विल ड्राइभ रहेका छन् । यी सवै भेरियन्ट इन्ट्रि र मिड लेवलका हुन भने सवैमा म्यानुअल गियरवक्समा दिइएको छ ।

Advertisement

नयाँ भेरियन्टसंगै कम्पनीले यसअघि जेड४ अटोमेटिक र सोभन्दा माथीको ट्रिममा उपलब्ध रहँदै आएको इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल(इएससी) लाई नयाँ ट्रिम जेड२ का सवै भेरियन्टमा अनिबार्य गरिएको नेपाल अटोले जनाएको छ ।

केही समयअघि लन्च भएको यो एसयूभीको माग अहिले भारतीय बजारमा थेगिनसक्नु गरेर वढिरहेको छ । यसको केही भेरियन्टलाई हात पार्न ग्राहकले २ वर्षसम्म कुर्नुपर्ने जनाइएको छ। नेपाली बजारमा समेत लन्च भइसके पनि यो एसयुभी हालसम्म पनि बिक्रीका लागी भने उपलब्ध हुन सकिरहेको छैन।

More News last news
Loading...