काठमाडौँ । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साेमवार दिउँसाे सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष प्रदेशका नवनिर्वाचित सांसदहरूले शपथ लिएका हुन् ।
यसअघि ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएकाे थियाे । कर्णालीमा प्रत्यक्षमा २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सांसद छन् ।
जसमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
