बन्दिपुरमा गणित विषयको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, भानु मा.वि. प्रथम

दमौली । बन्दिपुर गाउँपालिकाको आयोजना तथा जाइका आइएमई परियोजनाको सहयोगमा बन्दिपुर गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा २ र ३ का १६ विद्यालयबीचको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बालबालिकाको गणित विषयको सिकाइ सम्बन्धि अवस्था र बालबालिकाबीचको सिकाइको आदान प्रदानको महत्वपूर्ण क्रियाकलापको रुपमा प्रतियोगिता संचालन भएको हो । परियोजनाले पालिका भित्रका शिक्षकहरुको क्षमता बृद्दि, अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाको सिकाईमा सहजिकरण गर्दै आइरहेको छ ।

Advertisement

भानु मा.वि मा आयोजित १६ सामुदायिक विद्यालयबीचको प्रतियोगितामा भानु मा.वि प्रथम, दिल आधारभुत विद्यालय दोश्रो, शिव मा.वि. तेश्रो र कालिका मा.वि. ले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रति विद्यालय एक छात्रा सहित ३ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रम समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले हाजिरी जवाफ भन्ने बित्तिकै सामान्य ज्ञानका प्रश्नहरु सोध्ने चलन रहेकोमा हाल परियोजनाको सहकार्यमा तहगत र विषयगत रुपमा हाजिरीजवाफ संचालन गर्नु आफैमा नयाँ रहेको बताए ।

उनले यस प्रकारका प्रतियोगिताले विद्यार्थी रमाउँदै, मनोरञ्जन लिँदै सिक्ने वातावरण तयार हुनुका साथै शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको सिकाइका समस्याहरु समेत पहिल्याउन मद्दत गर्ने उल्लेख गरे । यस प्रकारको प्रतियोगिता आगामी दिनमा गाउँपालिकाले माथिल्ला कक्षामा समेत संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परियोजनाको तर्फबाट केनितितानाकाले बालबालिकामा सामान्य गणितिय क्रियामा समेत समस्या रहेको बताउँदै शिक्षकले थप सहायता गर्नुपर्ने बताबताए । परियोजनाको सहयोगमा वितरीत गणित विषयको स्वअध्याय सामाग्रीबाट प्रश्नहरु तयार भएकाले उक्त सामाग्रीको समेत समुचित प्रयोगमा उनले जोड दिए ।

१६ विद्यालयलाई पहिलो चरणमा ८, ८ वटाको समुह बनाई २८ वटा मौखिक र ४ वटा लिखित प्रश्नका माध्ययबाट शीर्ष ३–३ समुहलाई अन्तिम चरणमा प्रतिस्पर्धा गराईएको थियो । जम्मा २४ वटा मौखिक र ४ वटा लिखित प्रश्नहरु अन्तिम चरण्मा सोधिएका थिए ।

यसअघि बाँकी १५ विद्यालयबीच पवित्रा मा.वि.मा पहिलो चरण अन्र्तगत प्रतियोगिता संचाल नभएको थियो भने उक्त समुहबाट पवित्रा मा.वि. प्रथम, सेतिगंगा आ.विद्यालय दोश्रो, जगदिश्वर आ.विद्यालय तेश्रो र विष्णु मा.वि. ले सान्त्वता स्थान हाँसिल गरेका थिए ।

कार्यक्रम गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु खत्री क्षेत्रीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम पवित्रा मा.वि. का शिक्षक शरदचन्द्र खनालले संचालन गरेका थिए ।

More News last news
Loading...