गोबिन्द राज ओझा (राजन)
सम्झनामा आयौ याद गरेर मलाई
बगैचामा फूल फुलेर गयो सुन्दरता बढाई
कता जान्छु थाहा छैन सम्झनाले सताउदा
रमाईरहन्थे म सधै तिमि सँग हिडदा, डुलदा l
रमाएको थिए त्यो मनको खुसि देखी
बादल बर्षा भएर जान्छ केहि समय पछि
हेरिरहु लाग्छ सधै त्यो जवानी
किन आयौ मनमा बसे यादमा डुबि l
यो मुटुमा थियौ र गाउँको घरमा बसिरहे
आशाका किरणहरुले मनमा बास गरिरहे
दिन्छौ कि पानि पिउन तिर्खा लागेको छ
खुसि भएर आउ खुसि भएको मन पर्छ l
केहि देउ आउ मनमा मायाको बर्षा गराउ
मलाई समय दिएर सबै कुरा सम्झाउ ll
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
