काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना पक्राउ परेका छन्। विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने विदेशी नागरिक हुन् । उनि सुडानका नागरिक रहेको स्रोतले जानकारी दिएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा १९ किलो सुन फेला परेको हो।आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
