सेग्मेन्टमै पहिलोपटक एविएस सहित आयो बजाज प्लाटिना

काठमाडौँ । बजाजले आफ्नो कम्यूटर वाइक प्लाटिना ११० मा एविएस दिएको छ । भारतीय बजारमा आज लन्च भएको यो मोटरसाइकल एविएस फिचर भएको सेग्मेन्टकै पहिलो मोडल वनेको छ । यसअघि कुनैपनि भारतीय टु ह्विलर उत्पादकले १०० देखी ११० सिसी सेग्मेन्टमा यस्तो फिचर दिएको थिएन ।

एविएससंगै यसमा नयाँ डिजिटल स्पिडोमिटर समेत थप गरिएको छ । जहाँ राइडरले एविएस, गियर पोजिसन र गियर चेन्ज इन्डिकेटरवारे जानकारी पाउनेछन् । यो नयाँ मोडलमा ११५.४५ सिसी क्षमतको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.६ एचपी र टर्क ९.८१ एनएम रहेको छ ।

Advertisement

वाइकमा ५ स्पिड गियर वक्स उपलब्ध छ । बजारमा अव प्लाटिना ड्रम र एविएस दुवै भेरियन्टमा उपलब्ध हुनेछ । जसमध्ये एविएसको मूल्य ३ हजार ६८० रुपैयाँ महंगो पर्ने जनाइएको छ । एविएस भएको मोडलको शोरुम मूल्य ७२ हजार २२४ भारु निर्धारण गरिएको छ ।

भारत सरकारले ल्याएको नयाँ मापदण्ड अनुसार १२५ सिसी माथीको सवै मोडलमा एविएस अनिवार्य गरिएको भएपनि बजाजले सुरक्षामा ध्यान दिँदै प्लाटिनामै एविएस दिएको हो।

More News last news
Loading...