बाँके l बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।
असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले पुस ५ गते मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
