सांग्रिला विकास बैंकद्वारा मोबाइल एप अपग्रेड, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

सांग्रिला विकास बैंकले आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको हो, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको जनाइएको छ।

यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिने कम्पनीको भनाइ छ। नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड÷पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन्।

Advertisement

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने,‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन्।’

More News last news
Loading...