स्याङ्जा । लत्रेपिपल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा गेम बहादुर मल्ल चयन भएका छन्। संस्थाको दोस्रो अधिबेशनले मल्लको अध्य्क्षतामा ११ सदस्यीय संचालक समिती चयन गरेको हो।
संस्थाको उपाध्यक्षमा खेम कुमारी मरासिनी, सचिबमा डाल बहादुर कुवर, कोषाध्यक्षमा लेखनाथ शर्मा र सदस्यहरुमा डिल्ली राम शर्मा, कोपिला नेपाली, सम्झना भुजेल, बसुन्धरा मरासिनी, गिता आचार्य, भुवन बहादुर थापा र जमुना मल्ल निर्बाचित भए।
साथै गिरिधारी उपाध्यायको संयोजकत्वमा भानुभक्त शर्मा र हरी प्रसाद मरासिनी सदस्य रहने गरि लेखा समिती समेत निर्बाचित गरेको छ। कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, निवर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, पुतलीबजार सहकारी बिभाग प्रमुख बिश्नु प्रसाद ढकाल लगायत लगायतको उपस्थिीति रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष गेम बहादुर मल्ल बार्षिक प्रगति तथा प्रतिबेदन, कोषाध्याक्ष लेखनाथ शर्माले आर्थिक प्रतिबेदन साथै लेखा सुपरिबेक्षण कार्यक्रमको सहजीकरण विश्वराज मरासिनीले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
