अन्ततः निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?

काठमाडौं l नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो।

यस्तै एलपी ग्यास र हवाइ इन्धको मूल्य भने हाललाई यथावत् राखिएको छ। निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ। भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो।

Advertisement

More News last news
Loading...