तनहुँको शुक्लागण्डकीमा मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

तनहुँ l तनहुँमा बुधवार मदिरा पिएर श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ। बुधबार अबेर शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल घर भएकी ३६ वर्षीया सुशीला विकले ढुङ्गाले प्रहार गर्दा श्रीमान् मनबहादुर नेपालीको मृत्यु भएको हो।

कुटपिट पछि झगडाले उग्र रुप लिँदा विकले ढुङ्गाले श्रीमानको टाउकोमा हानेको प्रहरीले बताएको छ। पोखरा-३० सिसुवा स्थायी घर भएका नेपाली हाल डेरामा श्रीमतीसँग बस्दै आएका थिए।

Advertisement

घटना घरायसी विवादबाट शुरु भएको र त्यसपछि सुशीलाले मनबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट गम्भीर बनेका मनबहादुरलाई उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि सुशीलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...