खिजिफलाटे प्रहरी चौकीका प्रमुख सुतेकै ठाउँमा मृत भेटिए

सोलुखुम्बु । ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिनुभएकाे छ । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिनुभएकाे हाे।

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आउनुभएकाे थियाे। हिजाे (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुत्नुभएका राई आज मङ्गलवार बिहान आफ्नै ओछ्यानमा मृत भेटिनुभएको उहाँकाे परिवारिक स्राेतले जनाएको छ।

Advertisement

सोमवार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मङ्गलवार बिहान मृत भेटिएको परिवारले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयाे।

More News last news
Loading...