अस्पतालमा खुल्यो १४ वर्षीया छोरीको पेट दुख्नुको रहस्य !

सिन्धुली । महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो ।

ती बालिका १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । बिस्तारी उनको पेट ठुलो हुँदै गयो । उनलाई पेट पनि धेरै दुख्न पनि थाल्यो । एक दिन उनलाई आमाले नजिकैको मेडिकल पु-याइन । त्यहाँ उनी सात महिनाको गर्भवती रहेको कुरा खुल्यो ।

Advertisement

गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो। आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन् । गर्भपतन गराएमा आमाको पनि ज्यान ज्याने डाक्टरले भनेपछि ती बालिकाको गर्भपतन गराउन नसकिएको उनकी आमाले बताएकी छन्।

बाबुको गर्भ रहेको कुरा बाहिर आएपछि गाउँकै मानिसले प्रहरीलाई खबर गर्दा मादक पदार्थ खाएर आफ्नो बावुले बलात्कार गरेको बालिकाले बताएकी थिईन् ।

एउटौ कोठामा सुत्ने गर्दा बुबाले रक्सि खाएर आई रातको समय बुबाले उठेर जबरजस्ति करणी गरेको बालिकाले बताइन्। यस घटनापछि बाबुलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

More News last news
Loading...