आजपनि घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थान (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको चाँदी आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

More News last news
Loading...