कृषि, पर्यटन, पुर्बाधार र युवा केन्द्रीत काम गर्ने छु: वडाध्यक्ष खनाल

काठमाडौँ । वैशाखमा भएको स्थानीय चुनावमा नेकपा एमालेको पकड मानिने वालिङ नगरपालिका–१० मा नेपाली काङ्ग्रेसको तर्फबाट विजय भएका वडाध्यक्ष सुनिल खनाल युवा माझ निकै लोकप्रिय छन्। खनाल सानै उमेरदेखि सामाजिक क्षेत्रमा क्रियाशिल थिए।

खनालले जनताको मर्म बुझेर काम गर्ने बताएका छन् । उनले आफुले सकेसम्म समाज रुपान्तरणका लागि काम गर्ने बताएका छन्। अध्यक्ष खनालले अहिले आफुले आफ्नो वार्डमा समस्या र समभाब्यताको खोजी गरेको र ती कुराको हल गर्ने तर्फ लागेको बताएका छन् ।

Advertisement

वालिङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले अपक्षा गरे जसरी काम गर्न नसकेको आरोप खेपिराखेको अवस्थामा खनाल भने वार्ड अध्यक्ष भएर पनि निरन्तर जनताको माग र विकास निर्माणको कामको लागि पछिल्लो समय निरन्तर प्रदेश राजधानी पोखरा र केन्द्रीय राजधानी काठमाडौंका मन्त्रलाय धाईरहेका छन् ।

यस्तै, आफुले कृषिलाई पनि धेरै जोड दिने बताएका छन्। यहाँको माटो अनुसारको खेती गर्न किसानलाई सुझाब दिएका र कृषि तथा पशुपालनका लागि विकासका लागि बजारको सुनिश्चितता गर्न हरदम लाग्ने बताएका छन्।आफुँले यहाँको पर्यटन क्षेत्रलाई पनि उति नै ध्यान दिएको बताएका छन्।

आफुले सडक कार्यालय, नगरपालिका सग सहकार्य गरेर यहाँको बाटोलाई पनि स्तोरन्न्तिका लागि पहल गर्ने बताएका छन्। त्यस्तै उनले युवा केन्दृत कार्यक्रका बारेमा आफू गम्भीर भएको बताएका छन् ।

युवाहरुलाई खेल छेत्रमा प्रोत्साहन गर्ने, सीपमुलक तालिमहरु प्रदान गर्ने, पछिल्लो समय युवाहरु लागू पदार्थ दुव्र्यसनी फसिएको र त्यो बिरुद्धका जनचेतनामूलक कार्यक्रमहरु गर्ने बताएका छन्। आफू सँधै जनाताका माझमा रहेर काम गर्ने बताएका छन् ।

More News last news
Loading...