काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी ट्रान्सफर प्रा. लि. को इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौं महानगरपालिका १३, कालीमाटी ठेगाना रहेको नेशनल मनी ट्रान्सफर प्रा. लि. को इजाजतपत्र रद्द गरेको हो।
राष्ट्र बैंकले एक सुचना सार्वजनिक गर्दै सो कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र विभाग मै लिखित निवेदन दिनसमेत आग्रह गरेको छ।
‘कम्पनीले कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरि पाऊँ भनी पेश गरेको निवेदन उपर आवश्यक कारवाही भई विदेशी मुद्रा कारोवार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोवारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभागमा लिखित रूपमा जानकारी दिनुहुन नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को विनियम १७ को उपविनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ। राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
