काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकप फुटबल नदेखाउन आग्रह गरेको छ । बोर्डले विश्वकपका खेलहरु हलमा नदेखाउन आग्रह गर्दै कारबाहीको चेतावनी दिएको हो ।
बोर्ड अध्यक्ष भुवन केसीले आज सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिनुभएको छ ।
‘‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ विज्ञप्तिमा भनिएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
