आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ। साताको चौँथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आज छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ।

More News last news
Loading...