३ दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज (बुधबार) साउदी अरबमा जानु हुने भएकाे छ । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएकाे हाे।

दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले दुई देशबीचकाे सम्बन्धलाई नयाँ मोड दिने दावी साउदी प्रेस एजेञ्सीले गरेको छ।

Advertisement

चीन साउदी अरबको सबै भन्दा ठूलो ब्यापारिक साझेदार हो । साउदी अरबका अघोषित शासक राजकुमार मोहम्मद विन सलमानले चिनियाँ राष्ट्रपति सीलाई भब्य स्वागत गर्ने अनुमान गरिएको छ।

अमेरिकासहित अन्य पश्चिमा देशहरुसँगको सम्बन्धमा तनाव र उतारचढाव आईरहने भएकाले चीन पनि साउदीसहि खाडी देशहरुसँग थप मजबुत सम्बन्ध बनाउने प्रयासमा रहेको छ ।

More News last news
Loading...