दिपक मनाङे भन्छन् ‘पदको लोभ छैन, एकीकृत समाजवादी छाडे राजनीति छाड्छु’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे) ले आफू पदका लागि पार्टी प्रवेश नगरेको बताएका छन्।

मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफू जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताए। अब एकीकृत समाजवादी छाडेको खण्डमा आफूले राजनीति नै नगर्ने उनको भनाइ छ।

Advertisement

गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरूको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे।

गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गरेका थिए। गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताए।

More News last news
Loading...