धेरैपछि आज घट्यो सुन, तोलाको कति ?

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । लगातार उकालो लागेको सुनको भाउ आज प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

हिजो प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका नुसार, आज तेजावी सुन पनि घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजावी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँ रहेको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार आजभन्दा ३० रुपैयाँ बढि अर्थात १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...