काठमाडौँ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकासहित देशभर ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ। एक हप्ता अघिसम्म प्रतिकेजी ३ सय रुपैयाँसम्म खरिदबिक्री हुने गरेको मासुको खुद्रा मूल्य हाल प्रतिकेजी ४५ रुपैयाँसम्म सस्तिएर २५५ रुपैयाँ कायम भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य घटेको जनाएको छ।
संघका अनुसार, हाल उत्पादन बढेको तर सोअनुसार माग बढ्न नसकेपछि मूल्य घटेको जानकारी दिए। ‘हिजोसम्म प्रतिकेजी २९० रुपैयाँको हाराहारीमा मूल्य थियो, आजदेखि लागू हुनेगरी संघले २५५ तोकेको छ’।
तराईका जिल्लाहरुमा भने मूल्य योभन्दा पनि सस्तो भएको उनले जानकारी दिए। राजधानीमा पनि तराईबाटै अधिकांश कुखुरा आयात हुने भएकाले ढुवानी खर्च समेत जोड्दा यहाँ केही महँगो पर्ने गरेको संघले जनाएको छ।
यतिबेला ब्रोइलर कुखुरा उत्पादनको राम्रो सिजन पनि हो। दसैँका बेला खसीबोका तथा भेडा च्याङ्ग्राको मासुको खपत समेत बढ्ने भएकाले कुखुराको मासुको मागलाई असर परेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
