घट्यो इन्धनको मूल्य ! पेट्रोल ११ रुपैयाँ सस्तो

काठमाडौं । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ। नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको निगम स्रोतले बतायो ।

नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ। नयाँ मूल्य अनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको छ । पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ।

Advertisement

यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी रहेको रहेको निगमले जनाएको छ।

निगमले भने भारतीय मूल्यअनुसार नेपाली मूल्य समायोजन गरेर मूल्य घटाएको छैन ।

More News last news
Loading...