सुन चाँदीको भाउ फेरि बढ्यो ✍️ नयाँपुस्ता डटकम १५ मंसिर २०७९, बिहीबार १३:०८ काठमाडौँ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ । Advertisement यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।