आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ।

More News last news
Loading...