एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।
राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपण बारे सीको प्रतिक्रियाबारे भने उल्लेख गरेको छैन ।
उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव छ । केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
