कामाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई ३२५४ मतान्तरले हराउँदै विजयी भएका हुन्।
थापाले ३१९९८ मत पाउँदा मरासिनी २८७४४ मतमा सिमित भए। २०७० सालको संविधान सभा निर्वाचनमा पहिलोपटक एमालेको गढ भत्काउन सफल रहेका थापा यसपटक दोश्रो पटक विजयी भए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम एकता हुँदा मरासिनीले विजयी हासिँल गरेका थिए।
थापाले एमालेको गढ भनेर चिनिदै आएको स्याङ्जा १ मा कांग्रेसको जित मात्र दिलाएनन् त्यही बाम घटकमध्येका माओवादी केन्द्र र नेकपा एसको समर्थनमा २०७४ सालमा व्यहोरेको हारको बदला समेत लिए । स्याङ्जाली सामु बिकासप्रेमी नेताको पहिचान बनाएका थापा नेपाली कांग्रेस स्याङ्जाको सभापति पनि हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
